१५ जूनः ईंग्लिश प्रीमियर लीग क्लब चेल्सीका पूर्व खेलाड़ी तथा म्यानेजर जन होलिन्सको ७६ वर्षको आयुमा निधन भयो। क्लबले बुधवार यसबारे जानकारी दियो। होलिन्सले १९६३-मा आफ्नो करियरको शुरुवात गरेका थिए अनि स्टेमफोर्ड ब्रीजमा चेल्सीको निम्ति ५९२ पल्ट मैदानमा ओर्लिएर ६४ गोल गरे। उनले क्लबसँग आफ्नो पहिलो अवधिमा एफए कप, यूरोपियन कप, विनर्स कप र लीग कप जितेका थिए। चेल्सी बोर्डका सदस्य डेनियल फिंकेलस्टीनले भने, उनी यस क्लबको प्रशंसकहरूका निम्ति नायक थिए अनि मेरो निम्ति पनि। उनी चेल्सीका सबैभन्दा ठूलो टीमहरूमा एउटाको महत्त्वपूर्ण खेलाड़ी थिए। ट्रफीको सफलतामा योगदानको साथमा उनी क्लबको आत्मा थिए। खेलाड़ीको रूपमा चेल्सीसँग होलिन्सको पहिलो कार्यकाल १९७५-मा समाप्त भएको थियो। त्यसपछि उनले क्यूपीआर (क्वीन्स पार्क रेञ्जर्स) र आर्सनलको प्रतिनिधित्व गरेका थिए। यी दुई क्लबमा केही समय बिताएपछि उनी चेल्सीमा फर्किएका थिए। उनले १९६७-मा केवल एउटा म्याचमा ईंग्ल्याण्डको राष्ट्रिय टीमको प्रतिनिधित्व गरे। त्यसपछि होलिन्स १९८५-देखि १९८८-सम्म चेल्सी प्रशिक्षक पदमा रहे। उनले प्रशिक्षकको रूपमा स्वानसी, रोचडेल र स्कटपोटर क्लबमा पनि काम गरे।