यसपाली जनबन्धनको जीत हुनेछ तर ठगबन्धनको हार: केशवराज पोख्रेल
दार्जिलिङ: जीटीए क्षेत्रको विभिन्न खण्ड विकास कार्यालयहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेद्वारहरुले आज पनि नामाङ्कन पत्र भरेका छन्।
पार्टीका केन्द्रीय प्रवक्ता केशव राज पोख्रेलले जानकारी दिए अनुसार आज साँझ सम्ममा ९५% उम्मेद्वारहरुले नामांकन भरेका छन्। रहल ५% ले भोलि नामांकन पत्र भर्नेछन्। आज भागोप्रमो पार्टी अध्यक्ष अनित थापाले सुकेपोखरी खण्ड विकास कार्यालयमा आफ्नो उपस्थिति दिएका थिए। पत्रकारहरुले पञ्चायत चुनावमाथि उनको विचार जान्न खोज्दा उनले भने, “पञ्चायती व्यवस्था फर्काउने नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा हो। हामीले जुन वचन दिएका थियौं त्यो पूरा पनि गर्यौ। वर्तमान पहाडमा चुनावको माहौल उत्सवको माहौल बनेको छ। मानिसले माहौलको आनन्द लिईरहेका छ्न्। प्रजातान्त्रिक तरिकामा सबै काम भईरहेको छ।”
पार्टीभित्र कार्यकर्ताहरुको टिकट विषय मनमुटावमाथि थापाले भने,”चुनावमा मन दु:खाई भएन भने चुनाव नै हुँदैन। हामी निश्चित रूपमा विजयी बन्नेछौं।”
दार्जीलिङमा केशवराज पोख्रेलले पत्रकारहरुसंग बातचीतमा महा
गठबन्धनलाई ठग गठबन्धनको संज्ञा दिँदै भने, “भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो गठवन्धन जनतासंग गरेको छ। यस चुनावमा जनबन्धन अनि ठगबन्धन माझको चुनाव हुनेछ। “

भ्रष्टाचारको मुद्दालाई पार्टीले कसरी सम्बोधन गर्नेछ भनी सोधिएको प्रश्नमा पोख्रेलले भने, ” कसैले पनि भ्रष्टाचार गरेको छ भनेर एफआईआर गरोस्। भाजपा जस्तो सय दिने रोजगारको पैसा खानेले पञ्चायत चुनावको समय नबोल्दा पनि हुन्छ। सय दिने रोजगारको पैसा खाने गठबन्धन सबैभन्दा ठूलो भ्रष्टाचारी हुन्। भाजपाले जनतालाई बताउनु सक्नुपर्छ अडानीलाई दिइएको करोडौंको हिसाब बुझाउनुपर्छ। महँगाईले जनता बेहाल भएको छ। यसपाली जनबन्धनको जीत हुनेछ तर ठगबन्धनको हार।”
महागठबन्धनको हार निश्चित छ भन्दै मिरिकमा बिन्नी शर्माले भाजपालाई एनाकोण्डाको संज्ञा दिएका थिए। उनले यस विषयमा भने, “एनाकोण्डाले क्षेत्रीय दलहरुलाई सखाप पार्ने कगारमा छ। यसपालीको चुनावमा क्षेत्रीय दलको नै जीत हुनेछ।”