सिलगढी: सिलगढीमा साँझ पर्न साथ लगातार लोड शेडिंग भइरहेकोले गर्दा मानिसहरूलाई धेरै असुविधा भइरहेको छ। यसको प्रतिवादमा भाजपा अनि सीपीआईएमका तर्फबाट सिलगढीको हाकिमपाड़ास्थित विद्युत विभागको ग्राहक सेवा केन्द्र अघि प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार आज भाजपाको ३ नम्बर मण्डल कमिटी अनि सीपीआईएम को ३ नम्बर एरिया कमिटीले रैली निकालेर हाकिमपाड़ास्थित बिजुली विभागको ग्राहक सेवा केन्द्र अघिसम्म पुगे अनि यसपछि मोमबत्ती बालेर विरोध प्रदर्शन गरे। यस प्रदर्शनमा सिलगढीका विधायक शंकर घोष पनि प्रमुख रूपले उपस्थित थिए। यस अवसरमा तिनीहरूले बिजली विभागका अधिकारीलाई एउटा ज्ञापन पनि सुम्पिए। भाजपा सीपीआईएम-ले लगाएको आरोप अनुसार सिलगढी शहरमा हाल दिनहुँ जसो साँझ पर्न साथ लोडशेडिंग भइरहेको छ। यसले गर्दा शहरवासीहरूले अधिक गर्मीको सामना गर्न परिरहेका छन्। तिनीहरूले लोड शेडिंग बन्द हुनु पर्ने अनि शहरवासीहरूलाई बिजुलीको उचित सेवा पाउनु पर्ने मांग गरेका छन्। यसको साथै बिजुलीको बील पनि तीन महिनाको बली प्रत्येक महिना गर्नु पर्ने मांग छन्।