फूलबारीको पीएचई पेयजल परियोजनाको स्टोर रूममा आगलागी

Capture2-11.png

फूलबारी: फूलबारीमा पीएचई पेयजल परियोजनाको एउटा स्टोर रूममा भयावह आगलागी भएको छ।यस घटनामा एकजना सुरक्षाकर्मी घाइते भएको छ यसको साथै आगलागीमा एउटा बाइक सहित सम्पूर्ण स्टोर रूम जलेर भष्म भएको छ। प्राप्त जानकारी अनुसार सिलगढी संलग्न फूलबारी पीएचई पेयजल परियोजनाको एउटा स्टोर रूममा गत अबेर राति अचानक आग लाग्यो। आगो लागेको देखेपछि पीएचई कर्मीले आगो निभाउन थाले। तबसम्म स्टोर रूममा राखेको एउटा मोटरसाइकल सहित केही अन्य सामानहरू पनि जलेर भष्म भएको बताइको छ। यस अवधि फूलबारीबाट दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेपछि आगोलाई नियन्त्रमा ल्याइयो आगो के कारणले लाग्यो भन्ने कुरा थाहा लागेको छैन। घटनाको खबर पाउन साथ एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर घाइते व्याक्तिलाई उद्धार गरेपछि तिनलाई तत्कालै सिलगढीको एउटा निजी अस्पतालमा भर्ना गरिदिएको छ। एनजेपी थाना पुलिस घटनाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement