कुचबिहार: दिनहाटा पञ्चायत समितिका अध्यक्ष र उपाध्यक्ष सहित सयौं समर्थकहरू तृणमूल छोडेर भाजपामा सामेल भए। बुधबार दिनहाटा सहरको बाबुपाडा क्षेत्रस्थित भाजपा नेता अजय राईको घरमा पञ्चायत समितिका अध्यक्ष मोफिजुल हक, उपाध्यक्ष परीक्षित रोयलगायत सयौं कार्यकर्ता र समर्थकहरू भाजपामा सामेल भए। केन्द्रीय गृह राज्यमन्त्री निशित प्रामानिकले अध्यक्ष मोफिजुल र उपाध्यक्ष परीक्षित र अन्यलाई भाजपाको झण्डा प्रदान गरे। कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष सुकुमार रोय, भाजपा दिनहाटा शहर मण्डलका अध्यक्ष अजय रोय, सिताई संयोजक दीपक रोयको उपस्थिति थियो । अर्कोतर्फ, गितालदह नम्बर दुई ग्राम पञ्चायतका पूर्व अध्यक्ष अमिनुल हक मङ्गलबार राति तृणमूल छोडेर कांग्रेसमा प्रवेश गरेका छन्।अमिनुल ४०० भन्दा बढी कार्यकर्ता र समर्थकसहित कांग्रेस प्रवेश गरेका थिए । उनलाई जिल्ला कांग्रेस नेता अजिजुल हक र कमल दासगुप्ताले पार्टीको झण्डा हस्तान्तरण गरेका थिए । पार्टीमा प्रवेश गर्दै अमिनुलले भने, “तृणमूल भ्रष्टाचारले भरिएको छ, त्यसैले म त्यो पार्टी छोडेर पुरानो पार्टी कांग्रेसमा फर्किएँ।”










