बाघडुग्रा। दुईजना मतदातालाई लिएर बाघडुग्रा बालिका बिद्यालयको मतदान केन्द्रमा भाजपा पोलिंग एजेंट सिद्धार्थ थापा र तृणमूल उम्मेद्वार उज्जवल शर्माबीच विवाद तथा कुटपीट भएको ले तनावको माहौल उत्पन भएको छ। यस घटनामा सिद्धार्थ थापा घाइते भएको छ।
घटनाको जानकारी पाएपछि बागडोगरा पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लियो। तृणमूल कांग्रेसको दार्जीलिङ जिल्लाध्यक्ष पापिया घोष र भाजपा जिल्लाध्यक्ष तथा माटीगढ़ा-नक्सबाड़ी विधायक आनन्दमय बर्मन घटनास्थलमा पुगे।

यस अवधिमा दुवैले एक-अर्कामाथि मतदाताहरूलाई प्रभावित गरेको र शान्तिपूर्ण मतदानमा तनाव उत्पन्न गरेको आरोप लगाए। आनन्दमय बर्मनले भने, ‘बागडोगरामा पराजयको डरले सत्ताधारी दल गुण्डागिरीमा उत्रेको छ। डरले गर्दा भाजपाका पोलिङ एजेन्टलाई कुटिएको छ ताकि फर्जी मतदान हाल्न सकियोस्’। यस मामिलामा उनले पुलिस प्रशासनसित कारबाहीको माग गरेका छन्। त्यही, तृणमूल जिल्लाध्यक्ष पापिया घोषले भाजपाद्वारा लगाइएका सबै आरोपहरूलाई बेबुनियाद बताइन्। उनले भनिन्, ‘भाजपा स्वयंले तनाव उत्पन्न गर्ने प्रयास गरिरहेछ। पुलिसले पूरा मामिला हेरिरहेछ’।