गान्तोकः प्रत्येक वर्ष ५ जूनको दिन विश्व पर्यावरण दिवस पालन गर्दै आइरहेको छ। यसै क्रममा आज पाकिम जिल्लाको महकुमा कार्यालय परिसरमा वन्य, पर्यावरण विभाग रङ्गेलीको पहलमा विश्व पर्यावरण दिवसलाई ध्यानमा राख्दै विभिन्न प्रकारको विरूवा रोपियो।
विशेष गरेर राज्यमा प्रत्येक नवजात बच्चाको नाममा १०८ बिरुवा रोपेर पर्यावरण संरक्षण प्रवर्द्धन गर्ने उद्देश्यले सरकारी कार्यक्रम ’मेरो रुख मेरो सन्तति’ लाई कार्यावन्यन गर्न पहल गरिएको हो। यस कार्यक्रमको आयोजना गर्नुको उद्देश्य स्वच्छ र प्रदुषणमुक्त वातावरण सुनिश्चित गर्न अत्यावश्यक आवश्यकताको बारेमा सचेतना गराउनु रहेको थियो। कार्यक्रममा सहभागीहरूले हाम्रो इकोसिस्टममा जैविक विविधताको महत्त्वलाई जोड दिँदै विभिन्न प्रजातिका बिरुवाहरू रोपे।
-हिस










