इण्डोनेशिया ओपनः लक्ष्य सेन र किदाम्बी श्रीकान्त दोस्रो राउण्डमा

IMG-20230614-WA0386.jpg

१४ जूनः कमनवेल्थ गेम्स च्याम्पियन भारतीय ब्याडमिण्टन खेलाड़ी लक्ष्य सेन र अनुभवी किदाम्बी श्रीकान्तले बुधवार यहाँ आ-आफ्नो प्रतिद्वन्द्वीलाई सीधा गेममा पराजित गरी इण्डोनेशिया ओपन वर्ल्ड टूर सुपर १००० टुर्नामेण्टमा पुरुष एकलको दोस्रो राउण्डमा स्थान बनाए। विश्व च्याम्पियनशीपमा काँस्य पदक विजेता तथा विश्वका २०औं नम्बरका खेलाड़ी लक्ष्यले विश्वका ११औं नम्बरका खेलाड़ी मलेशियाका जी जिया ली-लाई केवल ३२ मिनटमा २१-१७, २१-१३-ले पराजित गरे। यसरी नै श्रीकान्तले चीनका ल्यू गुआंग झू-लाई २१-१३, २१-१९-ले पराजित गरे। यसरी विश्वका २२औं नम्बरका खेलाड़ी श्रीकान्तले विश्वका १३औं नम्बरका खेलाड़ी ल्यू विरुद्ध आफ्नो असाधारण रेकर्डलाई कायम राखे। श्रीकान्तले चीनका खेलाड़ी विरुद्ध अहिलेसम्म आफ्नो पाँचैवटा म्याच जितेका छन्। अघिल्लो राउण्डमा लक्ष्य र श्रीकान्तबीच भिड़न्त तय भएको हुनाले एकजना भारतीय खेलाड़ीको हार निश्चित छ। भारतका प्रियांशु राजावतले पनि दोस्रो राउण्डमा स्थान बनाए। उनलाई थाईल्याण्डका कुनलावुत वितिदसार्न विरुद्ध वक्ओभर प्राप्त भयो।

About Author

Advertisement