पहलवानहरूको समर्थनमा हरियाणा बन्दको प्रभाव, रोहतक-दिल्ली मार्ग अवरूद्ध

00-1-Rashtriya-Samachar-8

चण्डीगढ़: पहलवानहरूको समर्थनमा खाप पञ्चायतहरूद्वारा आज डाकिएको हरियाणा बन्दलाई मध्यनजर गर्दै राज्यमा सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। बन्दको क्रममा खाप नेता एवं किसानहरूले रोहतक-दिल्ली मार्गलाई अवरूद्ध गरेका छन्। उल्लेखनीय छ, यी पहलवानहरूले भारतीय कुश्ती संघका पूर्व अध्यक्ष बृजभूषण शरण सिंहलाई पक्राउ गर्नुपर्ने माग गरिरहेका छन्। हरियाणा बन्दको घोषणा गत तीन दिनपूर्व झज्जर जिल्लाको बहादुरगढ़स्थित मांडोठी टोल प्लाजामा सम्पन्न जनता संसदमा गरिएको थियो। हरियाणाका केही राजनीतिक दलहरूले पनि यस बन्दलाई समर्थन गरिरहेका छन्।

ताजा जानकारीअनुसार खाप पञ्चायतहरूका प्रतिनिधिगण झज्जरको बहादुरगढ़मा एकत्रित भएका छन्। रोहतक-दिल्ली मार्गलाई अवरूद्ध गरिदिएका छन्। कैथल, हिसार, जींद आदि शहरहरूमा किसान एव खाप नेताहरू टोल प्लाजामा धरनामा बसेका छन्। अधिकारीहरूले राज्यका जनतासित आवश्यक काम भए मात्र घरदेखि बाहिर निक्लिने अपील गरेका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement