तमिलनाडुका मन्त्री भी. सेन्थिल बालाजीको पक्राउ निन्दनीय छ: कांग्रेस

00-1-Rashtriya-Samachar-8

नयाँ दिल्ली: कांग्रेसले तमिलनाडुका बिजुली मन्त्री भी. सेन्थिल बालाजीको घरमा अबेर राति भएको प्रवर्तन निदेशालय (ईडी)-को कारबाहीलाई लिएर विरोध जनाएको छ। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले बुधबार बयान जारी गरेर भने, ‘प्रवर्तन निदेशालय (ईडी)द्वारा तमिलनाडुका बिजुली मन्त्री भी. सेन्थिल बालाजीलाई अबेर राती पक्राउ गरिनु निन्दनीय छl’ खड़गेले आरोप लगाए, ‘मोदी सरकारले विपक्षलाई सताउनको लागि जाँच एजेन्सीहरूको दुरूपयोग गरिरहेको छl’

उनले भने, ‘राजनीतिक विरोधीहरू विरूद्ध जाँच एजेन्सीहरूको यसरी खुल्ला दुरूपयोग मोदी सरकारको पहिचान रहिआएको छ। यस प्रकारका गतिविधिहरूबाट विपक्षलाई शान्त बनाउन सक्नेछैन। यसको विपरीत मोदी सरकारका जनविरोधी नीतिहरूविरूद्ध आफ्नो लोकतान्त्रिक संघर्षलाई जारी राख्ने विपक्षको दृढ़ संकल्पलाई अझ सशक्त बनाउनेछ। उल्लेखनीय छ, तमिलनाडुका बिजुलीमन्त्री सेन्थिल बालाजीको घरमा मंगलबार प्रवर्तन निदेशालयले छापा मारेको थियो। त्यसपछि मन्त्रीको स्वास्थ्य बिग्रियो। ईडीले उनलाई एउटा सरकारी अस्पतालमा भर्ती गराएको थियो। अस्पताल लैजाने क्रममा उनलाई रूँदै गरेको देखिएको थियो। -हिस

About Author

Advertisement