२७ जूनमा प्रधानमन्त्री मोदीले मध्य प्रदेशलाई दोस्रो वन्दे भारत ट्रेनको उपहार दिँदै

प्रतीकात्मक तस्वीर

भोपाल: यस वर्षको अन्तमा सम्पन्न हुने मध्यप्रदेश विधानसभा चुनावलाई केन्द्र गर्दै भाजपा अनि कंग्रेसका वरिष्ठ नेताहरूको भ्रमणको सिलसिला पनि तीव्र भएको छ। गत दुई दिनअघि मात्र यहाँ आएकी कंग्रेसकी राष्ट्रिय महासचिव प्रियंका गान्धी वाड्राले जबलपुरमा आयोजित विराट सभाबीच पार्टीको चुनाव अभियानको शंखनाद गरेकी थिइन्। अब आगामी २७ जूनमा प्रधानमन्त्री नरेन्द्र मोदी मध्यप्रदेशको प्रवासमा आइरहेका छन्। यहाँ आएपछि उनले प्रदेशलाई दोस्रो वन्दे भारत एक्सप्रेसको उपहार दिनेछन्।

भाजपा प्रदेश अध्यक्ष वीडी शर्माले बुधबार बताएअनुसार प्रधानमन्त्री मोदी आगामी २७ जूनमा यहाँ आइरहेका छन्। यहाँ आएपछि सर्वप्रथम उनी धारमा आयोजना भइरहेको ‘सिकल सेल एनीमियाको’ जागरूकता कार्यक्रममा सामेल हुनेछन्। त्यसपछि भोपाल आएर यहाँको रानी कमलापति स्टेशनबाट जबलपुर-इन्दौरबीच संचालन हुन गइरहेको वन्दे भारत एक्सप्रेस ट्रेनलाई हरियो झण्डा देखाएर प्रस्थान गराउनेछन्। यस हाईस्पीड ट्रेनको संचालन शुरू भएपछि तीन विशाल शहरहरू आपस्तमा जोड़िनेछन्। कम समयमा यी शहरहरूबीच यात्रा गर्न सकिनेछ। यस अवसरमा प्रधानमन्त्रीले कार्यकर्ताहरूलाई पनि सम्बोधन गर्नेछन्। भाजपाले यहाँ प्रधानमन्त्रीको रोड शो आयोजना गर्ने तयारी गरिरहेको छ। उनले अझ बताएअनुसार प्रधानमन्त्री मोदीले त्यस दिन भोपालमा आयोजना हुने कार्यक्रमको माध्यमबाट देशभरिका दश लाख बूथहरूलाई भर्चुअली सम्बोधन गर्नेछन्। मध्यप्रदेशमा यस्ता ६४१०० बूथहरू छन्। हरेक बूथमा प्रधानमन्त्रीको कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरिनेछ। भोपालमा प्रधानमन्त्रीको कार्यक्रम कहाँ आयोजन हुने हो हाल तय हुनसकेको छैन।

यस अतिरिक्त केन्द्रिय मन्त्री अमित शाहको २२ जूनमा बालाघाट र भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको ३० जूनमा खरगोन आउने कार्यक्रम छ। समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अखिलेश यादव पनि २४ जूनमा मध्यप्रदेशमा हुनेछन्। आदिवासी समाजद्वारा गोंड रानी वीरांगना दुर्गावतीको बलिदान दिवसमा आयोजना हुने समारोहमा सामेल हुनको लागि अखिलेश यादव सतना आइरहेका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement