बाघडुग्रामा रक्तदान शिविर

119bc073-4fdd-4807-b9b2-862aca2adcdb-1024x576.jpg

बाघडुग्रा: विश्व रक्तदाता दिवसको अवसरमा आज भारतीय सेनाले रक्तदान शिविरको आयोजन गयो। बाघडुग्रास्थित बेगडुबी १५८ बेस अस्पतालको पहलमा तथा ममता नगर समाज कल्याण समितिको सहयोगमा आज रक्तदान शिविरका आयोजना गयो। यस अवसरमा सेनाका कमान्डेन्ट ब्रिगेडियर राजेश गंगाभाटिकर, मतिगढी नक्सलबारी भाजपा विधायक आनन्दमय बर्मन सहित अन्य गणमान्य मानिसहरू उपस्थित थिए। शिविरमा आज सेनाका जवानहरू लगायत अन्य साधरण मानिसहरूले पनि रक्तदान गरे शिविरको माध्यमबाट मोठ ५० यूनिट रगत संग्रहित गरिएको बताइएको छ। उक्त संग्रहित रगत बेङ्गडूबी सेना अस्पतालमा पठाइने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement