राष्ट्रपति मुर्मूले १७ जूनमा सैन्य वैभवको साथमा संयुक्त स्नातक परेडको सलामी लिनेछिन्

00-1-Draupadi-Murmu-President-of-India-1

नयाँ दिल्ली: भारतीय सेनाहरूकी सर्वोच्च कमाण्डर राष्ट्रपति द्रौपदी मुर्मूले आगामी १७ जूनका दिन वायु सेना अकादमी डंडीगल, हैदराबादमा पूर्ण सैन्य वैभवको साथमा २११औं कोर्सको संयुक्त स्नातक परेडको सलामी लिनेछिन्। यस समारोहमा भारतीय नौसेना, भारतीय तटरक्षक बलका अधिकारीगण औ मित्र देशहरूका क्याडेटहरूलाई ‘विंग्स’ औ ‘ब्रेभेट्स’ प्रदान गरिनेछ, जसलाई वायु सेनाले प्रशिक्षित गरेको छ। परेडको अन्तमा वायु सेनाको सारंग र सूर्यकिरण टीमले आकाशमा विभिन्न चटकहरू देखाउनेछन्।

भारतका विभिन्न शाखाहरूका फ्लाइट क्याडेटहरूको चुनौतीपूर्ण प्री-कमिसनिङ प्रशिक्षण पश्चात हैदराबादको डंडीगलस्थित वायु सेना अकादमीमा आगामी १७ जूनमा संयुक्त स्नातक परेड (सीजीपी)-को आयोजन भइरहेको छ। परेडमा मुख्य अतिथि तथा समीक्षा अधिकारीको रूपमा राष्ट्रपति द्रौपदी मुर्मू उपस्थित रहनेछिन्। परेड अवधि प्रशिक्षणको सफल समापनलाई चिन्हित गर्दै फ्लाइट क्याडेटहरूको काँधमा ऱ्यांक अनावरण गरिनेछ जसले राष्ट्रपति आयोगको पुरस्कारलाई प्रतिनिधित्व गर्दछ। आरओ क्याडेटहरूको छात्तीमा ‘विंग्स’ र ‘ब्रेभेट्स’ पनि लगाइनेछ, यो यसमाथि निर्भर गर्दछ, उनीहरूलाई कुन शाखामा नियुक्त गरिँदैछ।

परेडपछि पिलाटस पीसी-७ ट्रेनरले एयरक्राफ्ट एरोब्याटिक प्रदर्शन गर्नेछ। लड़ाकू विमान सुखोई-३० पीसी-७ले चटक देखाउँदै फ्लाई पास्ट गर्नेछ। यस अतिरिक्त वायु सेनाको हेलिकप्टर डिस्प्ले टीम ‘सारंग’ र सूर्य किरणको एरोबेटिक टीमले आकाशमा सिंक्रोनस एरोबेटिक डिस्प्ले गर्नेछ। यस अकादमीमा वायु सेनाका पायलटहरूलाई लगातार चरणहरूमा उड़ान भर्ने प्रशिक्षण दिइन्छ। यहाँबाट पास आउट हुनेहरू फाइटर पायलटको रूपमा राफेल, सुखोई-३०, मिग-२९, मिग-२१, मिराज-२०००, तेजस विमानबाट लैस फ्रण्ट-लाइन कम्ब्याट स्क्वाड्रनमा नियुक्त गरिन्छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement