सोनादा: आगामी पञ्चायत चुनावलाई लिएर अहिले नामांकन पत्र बुझाउने कार्य सम्पन्न भईरहेको छ। यसै क्रममा सोनादाको डीबी रोड निवासी शरण सुब्बाले पञ्चायत चुनावको लागि सोनादादेखि सुखे पोखरी खण्ड विकास कार्यालयसम्म २१ किलोमीटरसम्म दौड़ेर पुगी निर्दलीय प्रार्थीको रुपमा आफ्नो नामांकन पत्र बुझाएका छन्। उनले बिहान सोनादादेखि ४ बजेर १५ मिनटदेखि आफ्नो दौड़ शुरु गरेर ४ घण्टापछि बिहान ८.१५ बजे सुखे पोखरी खण्ड विकास कार्यालयमा पुगेर निर्दलीय प्रार्थीको रूपमा आफ्नो नामांकन पत्र भरेका छन्। सोनादाको डीबी रोड निवासी 36 वर्षीय शरण सुब्बाले पञ्चायत चुनावमा प्रतिद्वान्दिता दिनलाई अनौठो तरिकाले आफ्नो नामांकन पत्र भरेका छन्। उनी बिहान 8 बजे नै पुगेका थिए अनि खण्ड विकास कार्यालय नखोली नै पुगेका थिए भने केही घण्टा पर्खेपछि निर्दलीय प्रार्थीको रुपमा सोनादा क्षेत्रका पञ्चायत समितिको लागि आफ्नो नामांकन पत्र भरेका छन्। उनले यसरी दौड़ेर गई नामांकन पत्र बुझाउने मुख्य कारण पहाड़को ट्राफिक जामको समस्या देखेर यस्तो गरेको बताएका छन्। शरण सुब्बाले ट्राफिक जाम मात्र होइन तर प्रदुषण कम गर्न र शारीरिक स्वस्थ्यको लागि पनि यसरी पैदल हिँड्नु र दौड़नु पर्ने बताएका छन्। उनले अघि भने, यसरी हिँड्नु स्वास्थ्यको लागि र वातारणको लागि राम्रो हुन्छ।










