कोविड़ सिक्किम: कोरोनाको शून्य नयाँ मामिला

गान्तोक: राज्यमा आज कोरोनाको एउटै पनि नयाँ मामिला अघि न आएको र कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किने मानिसहरुको संख्या शून्य रहेको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। राज्यमा आज यो रोगले कसैको मृत्यु भएन।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल १०१ जनाले कोरोना जाँच गरेको मा, कसैमा कोरोनाको पुष्टि भएन छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा १४ जना कोरोना रोगीहरू उपचारधीन रहेका छन्। आज कोरोना सकारात्मकता दर शून्य प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ३७,९८६ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,२०५ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४५३ जनाको मृत्यु भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement