खरसाङमा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको १३४औं जन्म जयन्ती पालन

IMG-20230614-WA0304.jpg

खरसाङ: स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको १३४औं जन्म जयन्ती आज खरसाङमा पालन गरिएको छ। गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा रहेको स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको सालिग अघि सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता गोर्खा जनपुस्ताकालय खरसाङको सभापति पूर्ण गुरुङ निरुपमले गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान एंव जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधान उपस्थित रहेका थिए। त्यसरी नै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ समाजसेवी पुस्तकालयको पूर्व अध्यक्ष तिलक शर्मा, स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको नाति जितेन्द्र लामा, गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा आशा मुखिया लामा उपस्थित रहेका थिए।पुस्ताकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन साथै स्वागत सम्भाषण राखेको कार्यक्रममा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको सालिगमा अतिथिहरूका बाहुलीबाट खदार्पणसहित फूल र धुप दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा स्वतन्त्रता सेनानी, गोर्खा जनपुस्ताकालय खरसाङको संस्थापक सदस्य, साहित्यकार, समाज सचेतक प्रतिमानसिंह लामाको जीवनी विषयमा आशा मुखिया लामाले विस्तृत रुपमा जानकारी गराएका थिए। त्यसरी नै प्रतिमानसिंह लामाको सालिग र गोर्खा जातीय विभूति उद्यान विषयमा विशिष्ट अतिथि तिलक शर्माले आफ्नो वक्तव्यमा बताएका छन्। त्यसरी नै स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको नाती जितेन्द्र लामाले प्रतिमानसिंह लामाको सालिग छोटा फाप्रीमा पनि स्थापना भईरहेको जानकारी गराए। उनले स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको सालिग खरसाङमा स्थापनाको लागि खरसाङ नगरपालिका, खरसाङका समाज सेवीहरू, समाजहरू र बुध्दीजिवीहरूप्रति आभार प्रकट गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले गोर्खा जातीय विभूति उद्यानको सुन्दरीकरण र लाइट जड़ानको लागि आगामी भानु जयन्ती अघि नै गर्ने विभागले जानकारी गराएको बताए। उनले स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको जन्म जयन्ती गोर्खा जनपुस्ताकालयमा सिमित नराखेर सबै स्कूलका विद्यार्थीहरू र अन्यहरूलाई पनि समेटेर कार्य गरिनु पर्ने सुझाव दिएका छन्। कार्यक्रममा सभाध्यक्ष पूर्ण गुरुङ निरुपमले अध्यक्षीय सम्बोधनमा स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामालाई देशबाट ताम्र पत्र प्रदान गराउन गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट केही दिनपछि सभा गरेर पहल गर्ने बताएका छन्। कार्यक्रममा गोर्खा जनपुस्ताकालय खरसाङको उप सभापति प्रकाश प्रधान र ऋषि राई लगायत बिनोद प्रकाश शर्मा लगायत अन्यहरू उपस्थित रहेका थिए।

स्वतन्त्रता सेनानी प्रतिमानसिंह लामाको जन्म १४ जून १८९० मा भएको थियो भने उनको मृत्यु ४ मई १९४४ मा भएको थियो। खरसाङमा उनको सालिग सन् २०१९ मा स्थापना गरिएको थियो। कार्यक्रग विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement