अबुजा: नाइजेरियामा हृदयविदारक डुङ्गा दुर्घटनामा कम्तीमा १५० जनाले ज्यान गुमाएका छन्। तय क्षमताभन्दा धेरै भार बोकेको यो डुङ्गा बुधबार बिहान नदीमा पल्टियो। गोताखोरहरूले अन्यलाई खोजिरहेका छन्। डुङ्गा खचाखच भरेको थियो। पुलिस प्रवक्ता ओकासनमी अजयायी अनुसार, यो दुर्घटना उत्तरी नाइजेरियामा भएको हो। नदीमा डुङ्गा दुर्घटनाको शिकार भएका मानिसहरू बिहे समारोहबाट फर्किरहेका थिए। हताहतहरूको संख्या बढ्नसक्छ। यस डुङ्गामा लगभग १८० जना सवार थिए। राष्ट्रिय अन्तर्देशीय जलमार्ग प्राधिकरणको स्थानीय प्रबन्धक यूसुफ बिरमाले संवाददाताहरूलाई बताएअनुसार डुङ्गा मध्य नाइजर राज्य र उत्तर-पश्चिम केब्बी राज्यमा वाराबीच नदीमा पल्टियो। अहिलेसम्म २० जनालाई जीवित बचाइएको छ। -हिस










