मेघालयको सोनापुरमा भीषण पैह्रो, गुवाहाटी-सिलचर राजमार्गमा ठप्प

00-1-Rashtriya-Samachar-6

शिलङ: मेघालय भएर असमको सिलचरलाई जोड़्ने राष्ट्रिय राजमार्गमा सोनापुरको पार्वतीय क्षेत्रमा भइरहेको अविरल वर्षाको कारणले पैह्रो गएपछि गुवाहाटी-सिलचर राष्ट्रिय राजमार्ग पूर्णरूपले अवरूद्ध भएको छ। मेघालय प्रशासनका अनुसार बिहानदेखि नै जेसीबीको माध्यमबाट राजमार्गमा पैह्रोले सोहोरेर ल्याएको ढुङ्गा-माटोलाई सफा गर्ने काम भइरहेको छ। मार्गमा सयकड़ौं वाहनहरू फसेका छन्। उल्लेख्य, असमसमेत पूर्वोत्तरका कतिपय राज्यहरूमा बितेका केही दिनदेखि नै मनसूनको वर्षा भइरहेको छ। यसबाट यहाँको जनजीवन प्रभावित भएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement