कोविड़ बङ्गाल: कोरोनाको ४९३ नयाँ मामिला, २१२ जना भए कोरोनामुक्त

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ४९३ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले कसैको मृत्यु भएन। यसरी नै यस अवधिमा २१२ जना कोरोनामुक्त पनि भएको छन्।

हालसम्म बङ्गालमा २०,२४,९७२ जना कोरोनाले संक्रामित भएको छन् भने १९,९९,९७९ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२१६ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ९,६४२ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,५१८,८३१ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.७७℅ र सकारात्मक दर ५.११℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६३,३०२,४९१ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement