जलपाइगढी: जलपाइगढी जिल्लाको एसटी, एससी र ओबीसी सेलका अध्यक्ष कृष्ण दास, ग्राम पञ्चायत, पञ्चायत समिति र जिल्ला परिषदका पार्टी उम्मेद्वारहरूका साथ उम्मेदवारी दर्ता गर्नको लागि एक भव्य ऱ्यालीमा पुगे। तर यसपटक पनि उनी आफै उम्मेदवार बनेका छैनन्। सबैजना जलपाइगढी सदर ब्लकको बरोपेटिया क्षेत्रबाट पहारपुरमा भेला भएका थिए। यस र्यालीमा उनकी छोरी प्रणोइता दास पनि कृष्ण दाससँग सामेल भएकी थिइन्।
जलपाइगढी जिल्लामा, तृणमूल कांग्रेसका वरिष्ठ नेता कृष्ण दासले उम्मेदवारी दर्ता गर्न जाँदै गरेको र्यालीमा भने, ‘हामी सबै तृणमूल पार्टीका सिपाही हौं। आज हामीले ग्राम पञ्चायतका लागि उम्मेदवारी दर्ता गराइरहेका छौँ । सदरमुकाम २ का ६ वटा सर्कलमा जिल्ला परिषद्, पञ्चायत समिति र ग्राम पञ्चायतका लागि उम्मेदवारी दर्ता हुँदैछ। उनले यसपटक पार्टीले समर्पित कार्यकर्ता, नेता र नयाँ पुस्ताका उम्मेदवारलाई टिकट दिएको बताए।











