नयाँ दिल्ली: प्रवर्तन निदेशालय (ईडी) ले तमिलनाडूका बिजुली मन्त्री भी सेन्थिल बालाजीलाई बुधवार बिहान पक्राउ गरेको छ। ईडीले मनी लन्ड्रिङ मामिलामा छापामारी कारबाही पूरा गरेपछि सेन्थिललाई हिरासमा लियो। लामो सोधपुछपछि पीएमएलए एक्टअन्तर्गत भी सेन्थिल बालाजीलाई पक्राउ गरिएको छ। यसपछि पछि उनलाई मेडिकल जाँचको निम्ति चेन्नईको ओमान्दुरार सरकारी अस्पताल लगियो। यस अवधिमा उनलाई रूदै गरेको देखियो।
उल्लेख्य, नौकरीका लागि नगदी (क्याश फर जब्स स्केम) घोटालाअन्तर्गत गत महिना सर्वोच्च अदालतले पुलिस र ईडीलाई जाँच गर्ने अनुमति दिएको थियो। ईडीले धन शोधन निवारण अधिनियमको प्रावधानअन्तर्गत तमिलनाडूका बिजुली मन्त्रीको आवासको तलाशी लियो। गत महिना आयकर विभागले पनि उनका सहयोगीहरूको घरमा रेड गरेको थियो। -हिस










