शान्तिपूर्वक सम्पन्न भइरहेको छ जीटीएको चुनाव

दार्जीलिङ: आज जीटीएको चुनाव पहाड-तराईका क्षेत्रहरुमा बिहानदेखि नै शान्तिपूर्वक सम्पन्न भइरहेको छl जीटीएको ४५ वटा समष्टिहरुमा सम्पन्न भइरहेको छl लाब्दा-मंग्पू समष्टिअन्तर्गतका २१ वटा मतदान केन्द्रहरुमा पनि चुनाव शान्तिपुर्वक सुचारु रुपमा चलिरहेको छl यस समष्टिको रेसेप ग्राम पंचायत ५,८९६, रोङचोङ ग्राम पंचायतमा ३८२५, लाब्दा ग्राम पंचायतमा ५,०९८ अनि कालेबुङ जिल्लामा पर्ने राजमार्ग १० सित संलग्न रहेको यस समष्टिको दुई वटा मतदान केन्द्र रम्बी प्राथमिक पाठशालामा ८७० अनि रम्बी हाई स्कूमा ६५० जना मतदाताहरु छन्, जसमा मोठ १६,३३९ जना मतदाताहरु छन्l जीटीएको ४५ वटा समष्टिहरुमा दार्जीलिङ जिल्ला तर्फ दार्जीलिङ महकुमा क्षेत्रमा १७ वटा, खरसाङ महकुमा र मिरिक महकुमा क्षेत्रमा १७ वटा अनि कालेबुङ जिल्ला तर्फ १५ वटा समष्टिहरु छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement