१४ जूनः बीसीसीआईका पूर्व अध्यक्ष सौरभ गांगुलीले भारतीय टीमलाई आईसीसी टुर्नामेण्टहरूमा लामो समयदेखि जारी खड़ेरीलाई समाप्त गर्न निडर भएर क्रिकेट खेल्ने परामर्श दिएका छन्। हालै समाप्त आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलमा भारतीय प्रशंसकहरूलाई खेलाड़ीहरूबाट असल प्रदर्शन अनि ट्रफी जित्ने आशा रहेको थियो तर अन्तमा टीमले अष्ट्रेलिया विरुद्ध ठूलो अन्तरले हारको सामना गर्नु पऱ्यो। यसरी अझ एउटा हारको साथ २०१३ पछि आफ्नो पहिलो आईसीसी खिताबको निम्ति भारतको लामो यात्रा जारी रह्यो। आईसीसी टुर्नामेण्टहरूका निम्ति टीमलाई परामर्श दिँदै गांगुलीले भने, गत १० सालमा भारतले ४ वटा फाइनल खेलेको छ। यसको अर्थ टीम बेकारको थियो भन्ने पनि होइन। टीमले केवल ठूलो फाइनलमा जीत हासिल गरेको छैन। कुनै दिन यस्तो हुने आशा छ। एकजना व्यक्तिको रूपमा मैले भारतीय क्रिकेटलाई नजिकबाट हेरेको छु। यसैकारण म टीमलाई ठूलो फाइनलहरूमा कुनै डर नलिइ खेल्ने परामर्श दिन्छु। मेरो यही एकमात्र परामर्श हो। कहिले-काहीँ तपाईंले कठोर फसेला लिनु पर्छ।
के भारतीय टीमले ठूलो नक्आउट म्याचहरूमा अनिश्चितताले गर्दा संघर्ष गर्नु परिरहेको छ भनी प्रश्न गरिँदा गांगुलीले भने, कहिले काहीँ केही अलग सोच पनि हुन सक्छ। अहिले त म टीममा छुइनँ तर बाहिर बसेर खेलाड़ीहरूलाई सम्मानको साथ मैदानमा ओर्लिने अनि निडर भएर खेल्न भन्न चाहन्छु। हामी ईंग्ल्याण्ड विरुद्ध एडिलेडमा खेलिएको टी२० वर्ल्ड कपकै उदाहरण लिन सक्छौं। त्यस म्याचमा खेलाड़ीहरूले निडर भएर हिट गर्नु पर्ने थियो। अब राहुल द्रविड़ र रोहित शर्माले पनि आउँदो ६ महिनामा वर्ल्ड कपको निम्ति निडर भएर तयारी गर्ने समय आएको छ। टीमको मानसिकता यही हुनु पर्नेछ। उल्लेखनीय छ, भारतमा अक्टोबर-नोभेम्बर महिना विश्व कपको आयोजन हुनेछ। यो भारतको निम्ति आईसीसी ट्रफी जित्ने ठूलो मौका साबित हुनेछ।









