१४ जूनः वर्षा र शेम्पेनले भिज्दै सीजनको सबैभन्दा सफल टीम म्यानचेष्टर युनाइटेडका खेलाड़ीहरूले हजारौं प्रशंसकहरूबीच च्याम्पियन्स लीगमा खिताब जितेको खुशीयाली मनाए। खुल्ला बसमा सवार खेलाड़ीहरूसँग सड़कमा ओर्लिएका हजारौं प्रशंसकहरूले पनि ऐतिहासिक जीतको खुशीयाली मनाए। भिक्ट्री परेडको शुरुवातमा खराब मौसम र वर्षाले गर्दा सामान्य विलम्ब भयो तर ईंग्लिश प्रीमियर लीग, एफए कप र च्याम्पियन्स लीगमा खिताब जित्ने टीमका खेलाड़ीहरूका साथमा म्यानेजर पेप ग्वार्डियोला नीलो बसमा सवार भएर सड़कमा निस्किएपछि पूरा शहरमा अलग जोश र ऊर्जा देखियो।

खेलाड़ी र प्रशंसकहरूका टी शर्टमा लेखिएको थियो-ट्रेबल विनर्स। टीमका म्यानेजर ग्वार्डियोलाले भने, यो परेड वर्षामै हुनु पर्ने थियो कारण यो म्यानचेष्टर शहर हो। हामीलाई घाम होइन, वर्षा नै चाहिएको थियो। यो परफेक्ट रह्यो। यस जीतको खुशीयाली सालौंसम्म भुल्न सकिनेछैन। उल्लेखनीय छ, म्यानचेष्टर सिटीले इण्टर मिलानलाई १-०-ले पराजित गरी प्रतिष्ठित च्याम्पियन्स लीगको खिताब जितेको थियो। यसबाहेक टीमले ईंग्लिश फूटबलको दुईवटा प्रमुख ट्रफी (प्रीमियर लीग र एफए) पनि जितेको थियो। यसरी म्यानचेष्टर सिटी एक सीजनमा ट्रेबल पूरा गर्ने ईंग्ल्याण्डको केवल दोस्रो क्लब बनेको थियो।









