१४ जूनः खेल मन्त्रालयले टारगेट ओलम्पिक पोडियम योजना (टप्स)-मा सामेल भारोत्तोलक मीराबाई चानू र बिंदियारानी देवीलाई एशियाई खेलहरूका तयारीको निम्ति अमेरिकामा अभ्यास गर्ने स्वीकृति दिइयो। हालै भएको मिशन ओलम्पिक सेल (एमओसी)-को बैठकको अवधि यस प्रस्तावलाई स्वीकृति दिइयो। ओलम्पिक पदक विजेता मीराबाई र कमनवेल्थ गेम्समा पदक विजेता बिंदियारानीले सेण्ट लुईस स्थित स्कवाट यूनिभर्सिटीमा डाक्टर आरोन होर्सचिगको देखरेखमा अभ्यास गर्नेछिन्। यी दुईको साथमा कोच विजय कुमार र फिजियो तसनीम जायद पनि जानेछन्। यी सबैको हवाई यात्राको खर्च, बस्ने-खाने, चिकित्सा बीमा, स्थानीय परिवहन, जिम र डाक्टरको खर्च सरकारले वहन गर्नेछ।