गान्तोक: सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण, आपदा प्रतिरोधी पूर्वधार,विश्व स्वास्थ्य संगठन र जर्मनीको गिजद्वारा माझीटारस्थित एक रेसोर्टमा लचिलो स्वास्थ्य पूर्वधारमाथि एक दिवसीय कार्यशाला आयोजना गरियो। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य सिङ्ताम र पाकिम जिल्लामा आपदा प्रबन्धन व्यवस्थापन विषयमा तालिम प्रदान गरिनु रहेको हो। राज्यमा शुरू गरिएको यस प्रकारको कार्यक्रमले विशेष गरेर आपदा प्रतिरोधी पूर्वधार निर्माण गर्ने क्षमता, निर्माण प्रयासहरूलाई सुदृढ गर्ने, जोखिम मूल्याङ्कन गर्ने र प्रभावकारी आपदा व्यवस्थापनको लागि सुधार गर्नको निम्ति एक अग्रगामी पहल मानिएको छ। यस प्रकारको कार्यक्रमले अस्पतालहरूमा राज्यभरि स्वास्थ्य सेवा सुविधाहरूको तयारी र प्रतिक्रिया क्षमताहरू बृद्धि गर्न सक्नेछ।कार्यशालाको क्रममा सहभागीहरूले सिङ्ताम र पाकिम जिल्लाको अद्वितीय आवश्यकता अनुरूप अस्पतालमा आपतकालिन अवस्थामा विभिन्न प्रकारको योजना शुरू गरिनुपर्ने विषयमा छलफल गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले कुनै पनि प्रकारको विपद्को बेला स्वास्थ्य पूर्वाधारको महत्वपूर्ण भूमिकामाथि जोड दिए।उनले यस क्षेत्रमा पहल गरेकोमा सीडीआरआई र डब्लुएचओप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने आश्वासन दिए।