ग्रीष्मकालीन शिविरलाई लिएर माउसेसको सभा

IMG-20230613-WA0366.jpg

गान्तोक: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र युवा प्रकोष्ठद्वारा सिक्किमको राजधानी गान्तोक स्थित प्रसिद्ध ठाकुरबाड़ी मन्दिरको प्रेक्षगृहमा आगामी २३ जूनदेखि २५ जून २०२३ सम्म सम्पन्न हुने तीन दिवसीय ग्रीष्कालीन शिविरलाई लिएर आइतबारको दिन समिति सिक्किम राज्यको मुख्यालय गान्तोक स्थित सोनाम ज्ग्यात्सो मार्गमा अवस्थित समिति आश्रम सम्भाला आश्रममा उत्तर पूर्वाञ्चल क्षेत्रकी अध्यक्षा महात्मा अदिना बाईजीको अध्यक्षतामा महत्वपूर्ण सभा सम्पन्न भयो। उक्त सभा राख्नुको मुख्य उद्देश्य तीन दिवसीय ग्रीष्मकालीन शिविरमा सिक्किम राज्य लगायत दार्जीलिङ, तराई, डुवर्सबाट आउने युवा प्रकोष्ठका सदस्य-सदस्याहरूको उचित व्यवस्था र कार्यक्रम विषयलाई लिएर राखिएको थियो। मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रभित्र पर्ने जम्मा २९ वटा तहसील भित्रका युवा प्रकोष्ठलाई लिएर आयोजन हुन गईरहेको शिविरमा प्रत्येक तहसीलबाट बिसजना गरि युवा प्रकोष्ठ उपस्थित हुने निश्चय भएको छ।आजको युवा भोली देशको कर्णधार भन्ने शब्दलाई यथार्थमा उतारने हो भने प्रत्येक युवा अध्यात्मवादी हुनु पर्दछ र राम्रो संस्कार पायो भने राज्य,देश निर्माण गर्न सक्छ भन्ने लक्ष्य राखेर गरिएको हो। यही बिषेशतालाई मध्यनजर राखेर समितिले कहिले शीतकालीन शिविर र ग्रीष्कालीन शिविर राखेर युवा प्रकोष्ठलाई राम्रो संस्कारमा ढाल्ने कोशिश गरिरहेछ। शिविरमा अनुभवी संत-महात्मागणद्वारा ध्यान,योग, साधन, भजन, सेवा, सत्संग माथि प्रशिक्षण दिन्छन भने समितिका वरिष्ठ कार्यकर्ता लगायत श्रोत वक्ताहरु निमत्याई विभिन्न विषयहरुमाथि तालीम, सुझाउ र प्रक्षिक्षण दिने गर्दछ। युवा अवस्था भनेको काँचो माटोको सामान हुन्छ,जसले जस्तो आकार बनाउन खोज्यो उसले उस्तै आकार बनाउन सक्दछ भन्ने विचार राखेरर गरिएको हो। शिविरबाट धेरैभन्दा धेरै युवा प्रकोष्ठले फायदा उठाई आफ्नो घर गाऊँ समाजमा सुधार ल्याउने आशा गरिएको छ।

दीप प्रज्वलन गरि सुरू गरको सभामा राभाङला तहसील प्रभारी महात्मा पुष्पवती बाईजीले उद्बोधन बिचार राखेकि थिईन भने उत्तर पूर्वाञ्चल क्षेत्र अध्यक्ष महात्मा अदिना बाईजीले आफ्नो संबोधनमा सबैको सहयोग, सहमत,व्यवस्था राम्रो हुनुपर्ने उल्लेख गरिन्। शिविर सबैको प्रेरणाको श्रोत बनोस, युवा अवस्था भक्तिको कमाई गर्ने अवस्था हो, यहाँबाट भक्तिरस बगेको हुनुपर्ने बताइन्। प्रत्येक प्रेमी समाजले समस्यालाई समर्थन होइन समाधान गर्ने हुनु पर्दछ भन्दै विगत वर्षमा रम्फू स्थित श्री सुयश सत्संग धाम आश्रम परिसरमा युवा प्रकोष्ठद्वारा आयोजन गरेको ग्रीष्मकालीन शिविरमा सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थ रहेको जनाइन्। युवा प्रकोष्ठको शिविर आयोजन गरेकोमा अति प्रसन्न भएको उल्लेख गरिन्। मुख्यमन्त्री लगायत गुरुमहाराजजी स्वमं पनि प्रसन्न हुनुभएको थियो भन्दै यो पालीको शिविर अझ प्रेरणादायक बनोस भनि ओजस्वी बिचार राखिने जानकारी गराइन्। यसरी नै सिक्किम मण्डल प्रभारी महात्मा ज्ञान बाईजीले सर-सफाईमाथि कार्यकर्ताहरूले विशेष ध्यान दिने आव्हान गरिन। सभालाई राष्ट्रीय सचिव आरबी भण्डारी, सिक्किम मण्डल प्रमुख प्रवीण गुरूङ, दार्जीलिङ मंडल प्रभारी बिनीता राई, सीके प्रधान, खेमराज थापा, सिक्किम राज्य युवा प्रकोष्ठ अध्यक्ष हाङजीत लिम्बूले पनि सम्बोधन गरेका थिए। सभामा हुनअघि सिक्किम मण्डल प्रभारी महात्मा ज्ञान बाईजीको अगुवाईमा कार्यकर्ताहरूलाई लिएर शिविर स्थलको पनि निरीक्षण गरियो। शिविरलाई सफल बनाउन विभागीय प्रभारीहरु पनि नियुक्ति गरेको थियो भने सन्त-महात्मागण लगायत कार्यकर्ता र प्रेमी भक्त समाजको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement