मङ्पु रेशेपका महेन्द्र फर्किए भागोप्रमोमा

ppp-1024x615.jpg

मङपुः मङपु रेशेपका महेन्द्र मुखिया पुनः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा फर्किएर आएका छन्। जीटीए चुनाउ अवधि आफ्नो साथी स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएपछि तिनले पार्टी छोडेका थिए। तर आज पञ्चायत चुनाउको मुखैमा महेन्द्र मुखिया फेरि प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि रेशेप बुथ नम्बर २४/१०१लाई अझ दहिलो बनाएको पार्टीका नेतृत्वहरूले दावी गरेका छन्। आज महेन्द्र मुखियालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय समिति सदस्य एवं मङपु लाब्दा समष्टि संयोजक राम पोख्रेल, केन्द्रीय युवा शक्ति प्रवक्ता अनित खाती, समष्टि सह-सचिव एवं बुथ महासचिव रिनेश शेर्पा, समष्टि कोषाध्यक्ष तथा बुथ सभापति लगायत अन्य उपस्थित कार्यकर्ताहरूले खदा लगाइ दिएर पार्टीमा स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement