डा. मनसुख माण्डभियाले चक्रवाती तूफान बिपरजोयको निम्ति भइरहेका उपायहरूको गरे समीक्षा

00-1-Dr-Manshukh-Mandaviya

नयाँ दिल्ली: चक्रवाती तूफान बिपरजोयलाई मध्यनजर गर्दै कच्छमा भइरहेका उपायहरूको केन्द्रिय स्वास्थ्य मन्त्री डा. मनसुख माण्डभियाले समीक्षा गरे। मंगलबार डाकिएको समीक्षा बैठकमा कच्छमा सबै स्तरमा गरिरहेका उपायहरू बारे जानकारी लिएपछि आवश्यक निर्देश जारी गरियो। केन्द्रीय स्वास्थ्य मन्त्री डा. मनसुख माण्डभियाले बताएअनुसार तूफानको कारणले हुने क्षतिको न्यूनीकरणको लागि केन्द्र सरकार, राज्य सरकार, एयर फोर्स, कोस्ट गार्ड, आपदा प्रबन्धनका टीमहरू मिलेर काम गरिरहेका छन्। कच्छ अनि सौराष्ट्रका ०-१० किलोमीटरसम्म तटीय क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानहरूमा पुऱ्याइँदैछ। यी बन्दरगाहहरूबाट जहाजहरूलाई पनि अन्यत्र सुरक्षित स्थानहरूमा स्थानान्तरण गरिएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement