सिङताम बजारको बहुस्तरीय कार पार्किङ क्षेत्रको निरीक्षण

si-3

सिङतामः सिङताम बजारमा निर्माण हुने बहुस्तरीय कार पार्किङ क्षेत्रको लागि प्रस्तावित स्थलको आज सिक्किम सरकारको शहरी विकास विभागका अधिकारीहरू अनि एशियाली विकास ब्याङ्कका प्रतिनिधिहरू, सिङताम नगर पञ्चायतका पार्षदहरू र अधिकारीहरूले निरीक्षण गरे।

निरीक्षणपछि प्रतिनिधिहरूले प्रस्तावित स्थलमा बहुस्तरीय कार पार्किङको लागि सकारात्मक आश्वासन दिए। प्रतिनिधि टोलीले सिङतामको एसएनटी परिसार एवं गोसखान डाँड़ा क्षेत्रको प्रस्तावित स्थलको निरीक्षण भ्रमण गरे। निरीक्षणपछि उनीहरूले त्यहाँ सम्भावित विषयहरूबारे छलफल गरे।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement