गान्तोक: पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेम सिंह तामाङको निर्देशनमा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाको नारी प्रकोष्ठले घर दैलो अभियानलाई निरन्तरता दिँदै वार्डस्तरीय समन्वय सभाहरू आयोजना गरिरहेको छ। यसै क्रममा आज पूर्व सिक्किमको सिङताम खाम्दोङ निर्वाचन क्षेत्रअन्तर्गत शान्तिनगर वार्ड र लोवर तिनेक वार्डमा घर दैलो अभियान तथा समन्वय सभा सम्पन्न भएको छ। पार्टीको राज्य स्तरीय नारी संयोजक तथा राज्य श्रम कल्याण बोर्डकी अध्यक्षा गंगा प्रसाईँ तथा गान्तोक जिल्ला संयोजक दीना छेत्री गौतमको अगुवाइमा सम्पन्न यस अभियानमा जिल्ला उप-समन्वयक अनीता तामाङ, समन्वयक शशी तामाङ, समष्टि स्तरीय नारी संयोजक उषा लामिछाने, लगायत अन्यको उपस्थिति रहेको थियो।
अभियानको क्रममा नारी प्रकोष्ठका कार्यकर्ताहरूले सम्बन्धित वार्डको निरीक्षण भ्रमण गरी स्थानीय गाउँलेहरूको विभिन्न दुःखेसो अनि गुनासोहरूको सुनवाइ गरे। सरकारले जनताको हितमा गरेका कतिपय कार्य योजनका बारेमा पनि जनतालाई अवगत गराए।