पञ्चायत सदस्य र पञ्चायत समितिको लागि खरसाङ क्षेत्रमा अहिलेसम्म जम्मा १३१ जनाले बुझाए नामांकन पत्र

IMG-20230613-WA0246.jpg

खरसाङ: आगामी पञ्चायत चुनावको लागि नामांकन पत्र बुझाउने कार्य धमाधम चलिरहेको छ। यसै क्रममा पञ्चायत चुनावको लागि मंगलबार खरसाङ खण्ड विकास कार्यालयमा निक्कै भीड़भाड़ देखिएको थियो। गत जूनदेखि शुरु भएको नामांकन पत्र बुझाउने कार्य शुरु भए पनि पहिलो र दोस्रो दिन ९ र १० जूनको दिन कसैले पनि नामांकन पत्र बुझाएनन् भने १२ जूनको दिन निर्दलीय ४ जनाले मात्र नामांकन पत्र बुझाएका थिए। तर आज नामांकन पत्र बुझाउने चौथो दिन मंगलबार जम्मा ११२ जनाले पञ्चायत सदस्यको लागि नामांकन पत्र बुझाएका छन् भने १५ जनाले पञ्चायत समितिको लागि नामांकन पत्र बुझाएका छन्। मंगलबार बुझाएको ११२ जना पञ्चायत सदस्यहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ८८ जनाले अनि २४ जना स्वतन्त्र प्रार्थीहरूले नामांकन पत्र बुझाएका छन्। यस अन्तर्गत मंगलबार पञ्चायत समितिमा १५ जना सबै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नामांकन पत्र बुझाएको जानकारी खरसाङ खण्ड विकास अधिकारीले दिएका छन्। पञ्चायत चुनावमा पञ्चायत सदस्यको लागि अहिलेसम्म मंगलबार ११२ र सोमबार 4 जना गरी जम्मा ११६ जनाले नामांकन पत्र बुझाएका छन् भने पञ्चायत समितिको लागि अहिलेसम्म १५ जनाले नामांकन पत्र बुझाएका छन्। त्यसरी खरसाङ खण्ड अन्तर्गत १४ वटा ग्राम पञ्चायतहरूमा पञ्चायत सदस्यको लागि अहिलेसम्म ११६ र पञ्चायत समितिमा १५ जना गरी अहिलेसम्म जम्मा १३१ जनाले चुनावको लागि नामांकन पत्र बुझाएका छन्। पञ्चायत चुनावको लागि बुधबार र बिहीबार भाजपा र गठबन्धन दलहरूले साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अन्य प्रार्थीहरू र निर्दलीय प्रार्थीहरूले पनि नामांकन पत्र बुझाउने सम्भावना देखिएको छ। उल्लेखनीय छ पहाड़मा लगभग २३ वर्षपछि पञ्चायत चुनाव भईरहेको छ अनि यसपाली दुई स्तरीय पञ्चायत चुनाव भईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement