नयाँ दिल्ली: केन्द्रीयगृह एवं सहकारितामन्त्री अमित शाहले मंगलबार आपदा प्रबन्धनका लागि आठ हजार करोड़ रुपियाँभन्दा अधिकका तीन प्रमुख योजनाहरूको घोषणा गरेका छन्। उक्त घोषणा शाहले राज्य एवं केन्द्र शासित प्रदेशहरूका आपदा प्रबन्धनसित सम्बन्धित मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्ने क्रममा गरेका हुन्। उनले भने, ‘शहरी क्षेत्रहरूमा बाढ़को स्थितिसित प्रभावकारी ढंगमा सामना गर्न, फायर ब्रिगेड सेवालाई सशक्त बनाउन तथा पैह्रोशमनको लागि केन्द्र सरकारले राज्यहरूलाई आठ हजार करोड़ रुपियाँभन्दा अधिकको राशि प्रदान गर्नेछl’
शाहले भने, ‘राज्यहरूमा अग्निशमन सेवालाई विस्तार साथै आधुनिकीकरण गर्नको लागि ५ हजार करोड़ रुपियाँको परियोजना, शहरी बाढ़को जोखिम न्यूनीकरणको लागि सर्वाधिक जनसंख्या भएका सात महानगरहरू क्रमैले मुम्बई, चेन्नई, कोलकाता बेंगलुरू, हैदराबाद, अहमदाबाद र पुणेको लागि २,५०० करोड़ रुपियाँको परियोजना, पैह्रोशमनको लागि १७ राज्य र केन्द्रशासित प्रदेशहरूमा ८२५ करोड़ रुपियाँको राष्ट्रिय भू-स्खलन जोखिम शमन योजना तयार गरिएको छ। उनले अझ भने, ‘आपदा प्रबन्धनमाथि समान कानून बनाउनको लागि केन्द्रीय गृह मन्त्रालयले सबै राज्यहरूलाई पत्राचार पनि गर्नेछl’ –हिस









