आदि पत्रकार पाद्री गंगाप्रसादको १७२औं जयन्ती पालनलाई लिएर महत्वपूर्ण सभा

IMG-20230614-WA0004.jpg

गान्तोक: आदि पत्रकार पाद्री गंगाप्रसाद स्मृति प्रतिष्ठानको १७२औं जयन्ती समारोह समितिको गान्तोक जोनलको एक महत्वपूर्ण सभा तादोङ डाँडागाउँस्थित टेबरनेकल चर्चभवनमा प्रतिष्ठानका अध्यक्षको अध्यक्षतामा सम्पन्न भयो। सभामा गान्तोक जिल्लाबाट करिब ३२ जना पास्टरहरू उपस्थित रहेका थिए।
आफ्नो सम्बोधन राख्दै प्रतिष्ठानका अध्यक्षले आगामी जयन्ति समारोहको तयारी अनि जिल्लास्तरहरूमा यसै संबन्धित सभाहरू भईरहेको जानकारी दिए। हरेक जिल्लाका मण्डलीहरूबाट उक्त जयन्ति सम्बन्धमा सकारात्मक साथै नकारात्मक सुझाउहरू सुन्दै भविष्यमा प्रतिष्ठानले एक पारदर्शि अनि सर्वमान्य निचोड़मा कार्य गर्ने अध्यक्षले जानकारी गराए। यसपालीको पाद्रीको जयन्ती विशेष रूपले माण्डलीक एकताको रूपमा मनाईने भन्दै सम्पूर्ण साहित्यप्रेमी भाषाप्रेमी जातिप्रेमी समाज हरेक संघ-संस्थाहरू सबैलाई उक्त दिन उपस्थित भईदिने निवेदन पनि गरेका छन्। गान्तोक वरिपरि मण्डलीहरूबीच कार्य गर्नलाई प्रखण्डस्तरमा चार समन्वयकहरू क्रमैले-(१) पास्टर कालेब गजमेर-रानीपूल (२) पास्टर शमूएल लेप्चा-बुर्तुक-बोझोघारी (३) जिक्मी लेप्चा-तादोङ-डाँड़ा गाउँ अनि पास्टर मार्कुसलाई गान्तोकको निम्ति चयन गरियो।
अन्यबाहेक सभालाई उपाध्यक्ष प्रमुख समन्वयक, कोषाध्यक्षले पनि सम्वोधन गरे। प्रतिक्रिया-परामर्शमा पादरी मार्कुस लामा, पादरी कालेब गुमेर, पादरी ईम्माननुएल छेत्री अनि पास्टर नोएलले पनि भाग लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement