नेपालका नागरिक र डीडीआरएफ जवानहरूलाई उद्धार गरियो

00-1-Rashtriya-Samachar-5

गुप्तकाशी: भीमबली नजिक १० नेपालका नागरिक र डीडीआरएफ जवानहरू फसेको सूचना पाएर एसडीआरएफले उनीहरूको उद्धार गरेको छ। जबकि एक नेपालका नागरिकको मृत्यु भएको थियो। हिजो राति एसडीआरएफलाई केदारनाथ यात्रा मार्गमा भीमबलीदेखि लगभग ६ किमीमाथि नेपालका १० जना र डीडीआरएफका ३ जवान फसेको सूचना प्राप्त भएको थियो। डीडीआरएफका जवान नेपालका नागरिकहरूलाई त्यहाँबाट निकाल्न गएका थिए तर उनीहरू पनि त्यहाँ फसे। यसपछि एसडीआरएफले डीडीआरएफका जवानहरूको साथ उद्धार कार्य शुरू गऱ्यो।

जानकारीअनुसार, ११ नेपालका नागरिक घाँस काँट्न अत्याधिक दुर्गम क्षेत्रमा गएका थिए, जहाँ पहाड़बाट चिप्लेको कारण तल झरेर एक व्यक्तिको मृत्यु भएको थियो। यस घटनाको जानकारी डीडीआरएफ, रूद्रपयागका तीन जवान घटनास्थलको निम्ति प्रस्थान भएका थिए तर दुर्गम मार्ग र अन्धकार भएको कारण उनीहरू पनि त्यहाँ फसे। स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले एसडीआरएफसित सम्पर्क गरी सहायता मागे। उक्त सूचनामा एएसआई प्रविन्द्र ध्समानाको एसडीआरएफ टीम र डीडीआरएफका चार जवान तत्काल घटनास्थलका लागि प्रस्थान भए। एसडीआरएफ टीमले अबेर राति अथक प्रयास गर्दै लिन्चोलीदेखि लगभग १५-16 किमी टाढ़ा घटनास्थलमा पुगेर फसेका सबैजनालाई आश्वस्त गऱ्यो र आफ्नो पर्यवेक्षणमा सबैलाई त्यहाँबाट सकुशल तल लिएर आयो। एसडीआरएफ टीमले अत्यन्त दुर्गम र वैकल्पिक मार्गहरू हुँदै १० नेपलाका नागरिकहरू, ३ डीडीआरएफ जवानहरू र एक शवलाई भीमबली पुऱ्यायो। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *