टिकट वितरणमा असन्तोषहरूद्वारा दलबदल

c2813aaf-3b81-43e1-ae49-6c75c97cb4e8

कालचिनीः पञ्चायत चुनाउको निम्ति विभिन्न दलका प्रार्थीहरूले हाल धमाधम नामाङ्कन जमा गरीरहेका छन्। यस क्रममा सम्बन्धित दलबाट भोट लड़्न टिकटको आशा गर्ने प्रार्थीहरूले टिकट नपाएपछि दलसँग ठुस्किन्दै दल परिवर्तन गर्नेहरूको पनि दृश्य परिलक्षित भएको छ। त्यतिमात्र नभएर भोटको छेकमा नै दललाई बलियो गर्ने अभियान पनि सबै दलहरूको चलिरहेको बीच चुवापाड़ा ग्राम पञ्चायत अन्तर्गत विभिन्न दलहरू छोड़ेर तृणमूलमा सामेल भएको तृणमूल सुत्रले जनाएका छन्।
चुवापाड़ामा २०० जना सीपीआईएम र भाजपा समर्थकहरू तृणमूलमा सामेल भएको दाबी गरिएको छ भने मेचपाड़ा ८ नम्बर गाउँमा पनि ६५ जना भाजपा समर्थकहरूले तृणमूलको झण्डा समाएको स्थानीय तृणमूल नेताहरूले जनाएका छन्। दलबदल चलिरहेकोबीच नामाङ्कनको आज चौथो दिनमा पनि तृणमूलबाट कालचिनीमा कुनै नामाङ्कन जमा नभएको पार्टी सुत्रले जनाएका छन्। भोलिबाट तृणमूलले नामाङ्कन जमा गर्ने दलीय सुत्रले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *