सिलगढी: पञ्चायत चुनावको घोषणा भएपछि, उम्मेदवारी दर्तालाई लिएर राज्यमा हंगामा भएको छ। त्यस्तै अखिल भारतीय लोकतान्त्रिक महिला संघकी नेतृ सोमा दास चक्रवर्तीमाथि सोमबार मीनाखानमा उम्मेदवारी दर्ता गर्ने क्रममा आक्रमण भएको थियो । यस घटनाको विरोधमा अखिल भारतीय लोकतान्त्रिक महिला संघको दार्जिलिङ जिल्ला समितिले मङ्गलबार दिउँसो सिलगढीको सीपीआईएमको पार्टी कार्यालय अनिल विश्वास भवनबाट विरोध र्याली निकालेको थियो। अनिल विश्वास भवनबाट सुरु भएको विरोध र्याली सिलगढीको हिलकार्ड रोड परिक्रमा गरी अनिल विश्वास भवनमा समाप्त भयो। उक्त घटनाको विरोध जुलुसले कडा आलोचना र निन्दा गरेको थियो ।










