पञ्चायत चुनावलाई लिएर भागोप्रमोको टुंग सन्त मेरिज समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20230613-WA0317.jpg

सोनादा: टुंग सन्त मेरिज समष्टि अन्तर्गत सिपाहीधुरा सार्वजनिक भवानमा आगामी सम्पन्न हुने पञ्चायत चुनावलाई मध्यनजर राख्दै अशोक लामाको सभापतित्वमा चुनावी सभा सम्पन्न भएको छ।सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका २० जना उम्मेद्वारहरूलाई समष्टि सभापति नुरी शेर्पाले उम्मेद्वारिताको टिकट प्रदान गरेका छन्। नुरी शेर्पाले भने, सभालाई सम्बोधन गर्दै भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको कुशल नेतृत्वको कारण पहाडमा गणतन्त्रमा बहाली भएर २३ वर्षपछि पञ्चाती राज फर्काइएको छ। सबै दलहरुले खुल्ला चुनावमा भाग लिरहेका छन्। हामी उनीहरुलाई स्वागत गर्छौं। यो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि अनित थापाको सकारात्मक सोचको कारणले हो, उनले भने। चुनावी सभालाई मुख्य रूपमा सभासद एवं समष्टि सभापति नुरी शेर्पा, युवा शक्ति महासचिव दिपेश तामाङले विशेष रूपमा सम्बोधन गरेका थिए। उक्त सभामा समष्टि महासचिव ललित मुखिया, उप सभापति छोंगेल लामा, सल्लाहकार दिलिप गजमेर, संगठनिक सचिव बीरेन तामङ, सह सचिव दिलिप तामाङ, विशाल भुजेल, दिपेश तामाङ, युवा शक्ति महासचिव उग्रेन घिसिङ, प्राथमिक शिक्षक संगठन बोर्ड मेम्बर राजेश गुरुङ, ललित मुखिया अनि समष्टि नारी शक्ति सदस्याहरू लगायत समष्टि प्रतिधिहरूको उपस्थिति रहेको थियो। सभालाई सञ्चालन बसन्त कुलुङ राईले गरेका थिए।

About Author

Advertisement