पञ्चायत चनाउ नामांकनमा हिंसा, विपक्षका उम्मेदवारहरूमाथि बमबारी

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउ नामांकनमा भइरहेको हिंसाका घटनाहरू रोकिरहेको छैन। मङ्गलवार बिहान पनि दक्षिण २४ परगनाको बांगड़मा बीडीओ अफिस नजिक सत्तारूढ़ पार्टी तृणमूल कांग्रेस र आईएसएफ कार्यकर्ताहरूबीच जमेर ढुंगामुड़ा-बमबारी भयो।

आईएसएफ उम्मेदवार भांगड़ मेला मैदान स्थित बीडीओ अफिस नजिक नामांकन दर्ता गर्न पुगेका थिए। चुनाउ आयोगको तर्फबाट लगाइएको धारा १४४ को अवहेलना गर्दै सैकड़ौंको संख्यामा तृणमूल कार्यकर्ताहरू घटनास्थलमा पुगेको आरोप छ। उनीहरूले आईएसएफ उम्मेदवारलाई घेरेर कुट्ने प्रयास गरे, जसपछि आईएसएफ कार्यकर्ताहरूले यसको जवाफ दिए।

सूचना पाएपछि पुलिस टीम घटनास्थलमा पुग्यो। स्थिति नियन्त्रण गर्नका लागि लाठीचार्ज गर्नपऱ्यो तर दुवै पार्टीका कार्यकर्ताहरू पछि हटिरहेका थिएनन्, जसपछि पुलिसले अश्रू ग्यासको गोला छोड्यो। यसले गर्दा लगभग पाँच घण्टासम्म क्षेत्रमा तनावपूर्ण माहोल रह्यो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement