कालचिनीः आजादीको अमृत महोत्सव एवम् विश्व रक्तदान दिवसलाई छेक पारेर मङ्गलबार एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयद्वारा रक्तदान शिविरको आयोजना गरियो।
उक्त शिविरमा जम्मा १९ जना एसएसबी जवानहरूले स्वेच्छा रक्तदान गरेको एसएसबी सुत्रले जनाएका छन्। सो अवसरमा एसएसबीका उपकमान्डेन्ट दिलीप कुमार सरकार लगायत उपकमान्डेन्ट चिकित्सक डा. कारदे राजश्री अरविन्द एवम् सहायक चिकित्सक डा. धनराज एजे अनि एसएसबी जवानहरूको उपस्थिति रहेको थियो।







