जलपाइगढ़ीः पञ्चायत चनाउअघि तृणमूल कांग्रेस नेता तथा शिकारपुर अञ्चलका प्रधान रञ्जीता राय तृणमूल छोड़ेर भाजपाम सामेल भएकी छन्। राजगञ्ज ब्लक अन्तर्गत बेलाकोबाको मालीभीटा गाउँमा एक कार्यक्रम अन्तर्गत हिजो राति भाजपाका जलपाइगढ़ी जिल्लाध्यक्ष बापी गोस्वामीको उपस्थितिमा तृणमूल छोड़ेर भाजपामा सामेल भइन्।
रञ्जीता रायले पत्रकारहरूसित कुरा गर्दै भनिन्, मैले पाँच वर्ष अञ्चल प्रधानको जिम्मा निभाए तर सही रूपमा पार्टीको साथ हासिल भएन। पार्टी नेतृत्व ठीक छैन। जसले गर्दा बाध्य भएर यो फसेला लिनपरेको छ। आउने दिनमा अझ् धेरै तृणमूल नेता र कार्यकर्ता भाजपामा सामेल हुनेछन्।
अर्कोतिर, भाजपाका जलपाइगढ़ी जिल्लाध्यक्ष बापी गोस्वामीले भने, तृणमूल पार्टी एक भ्रष्ट पार्टी हो। जहाँ असल पार्टी नेताहरू रहनु असम्भव छ। ईमानदार मानिसहरूको निम्ति भाजपाको ढोका सदैव खुल्ला छ। जसको उदाहरण शिकारपुर अञ्चलको प्रधान रञ्जीता राय हुन्। सफा छवि भएकी रञ्जीता राय दलमा आउँदा पञ्चायत चुनाउमा यसको असर देखिनेछ।
-हिस









