तृणमूल पञ्चायत प्रधान पक्राउ

IMG-20230410-WA0169-11-300x172-3

हुगलीः पञ्चायत चुनाउअघि हुगलीको आरामबागमा तृणमूलका पञ्चायत प्रधानलाई पुलिसले पक्राउ गरेको छ। आरोपितको नाम अब्दुल अजीज खान, हरिनखोला १ नम्बर ग्राम पञ्चायत प्रधान बताइएको छ। प्राप्त जानकारी अनुसार, आइतवार राति अब्दुल अजीज खानलाई अपराधीलाई समाउन गएको पुलिस वाहनलाई रोक्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ। पक्रा परेको पञ्चायत प्रधानले आफू राजनीतिको शिकार भएको दाबी गरेको छ।

वस्तुतः हिजो राति आरामबाग पुलिसले एक अपराधीलाई समाउन गएको थियो। त्यही समय हरिनखोला १ नम्बर ग्राम पञ्चायत प्रधान अब्दुल अजीज खानले पुलिसको वाहनलाई रोक्ने प्रयास गरेको आरोप छ। जसको फायदा उठाएर आरोपित भाग्यो। पञ्चायत प्रधान अब्दुल पनि घटनास्थलबाट भाग्यो। यसपछि पुलिसले तृणमूल पञ्चायत प्रधानलाई खोज्नु शुरू गऱ्यो। सूचनाको आधारमा आरामबाग पुलिसले सोमवार अबेर राति तारकेश्वरदेखि अब्दुललाई पक्राउ गऱ्यो। आरोपित विरूद्ध सरकारी काममा बाधा पुऱ्याएको मामिला दर्ता गरएको छ। अर्कोतिर, पक्रा परेको पञ्चायत प्रधानले आफू राजनीतिको शिकार भएको दाबी गरेको छ।

-हिस

About Author

Advertisement