माकपा प्रत्याशीको सड़क दुर्घटनामा मृत्यु

ako.jpg

कुचबिहारः डम्परको चपेटमा पर्दा माकपा उम्मेदवारको मृत्यु भएको छ। घटना मङ्गलवार बौदिया बजार क्षेत्रको माथाभाङ्गा-शीतलकुची मार्गको हो। पुलिस सूत्रहरू अनुसार, मृतकको नाम आयशा बीबी (४५) बताइएको छ। उनी खालीसामारी गाउँबाट माकपाको उम्मेदवार थिइन्। आयशा बीबी आफ्नो छोरा आजाद मियाको साथ नामांकन पत्र जमा गर्न बाइकमा शीतलकुची बीडीओ कार्यालय गएकी थिइन्।

नामांकन पत्र जमा गरेपछि घर फर्किरहेकी थिइन्। तब बौदिया बजार क्षेत्रमा एउटा डम्परले बाइकलाई हिर्कायो। जसमा आमा-छोरा दुवै सड़कमा लड़े। तर हेलमेट लगाएको कारण युवक बाँच्यो भने टाउँकोमा चोट लाग्दा आयशा बीबीको घटनास्थलमै मृत्य भयो।

अर्कोतिर, घाइते आजादलाई उपचारको निम्ति शीतलकुची प्रखण्ड स्वास्थ्य केन्द्रमा लगियो। शीतलकुची थाना प्रभारी मृत्युञ्जय चक्रवर्तीले भने, शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति माथाभाङ्गा पठाइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement