खरसाङ सुपर लीग: युनाइटेड खरसाङ फूटबल क्लब विजयी

photocollage_2023613183425657.jpg

१३ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले आफ्नो विजयाभियान जारी राख्यो। चानमारी मैदानमा मंगलवार खेलिएको ग्रुप ए-को म्याचमा यूकेएफसी-ले युनाइटेड टुंग एफसी (आईटीआई)-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट पेमा लामाले २ अनि छेवांग लामाले १ गोल गरे। आजको पहिलो म्याचमा प्रतीक गुरुङ मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा अरविन्द छेत्री र नितेश देवान थिए। फोर्थ अफिसियलको जम्मेवारी सलिम गुरुङ र शबनम राईले निर्वाह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement