आइजोल: मिजोरममा ६ किलोग्राम हेरोइन जफ्त गरिएको छ। यसको मूल्य ३१ करोड़ रुपियाँ अनुमान लगाइको छ। यस सम्बन्धमा छिमेकी देश म्यान्मारका एकसहित असमको कछार जिल्ला निवासी चार गरी मोठ पाँचजना ड्रग्स तस्करहरूलाई पक्राउ गरिएको छ। पुलिसले आज बताएअनुसार ठोस सूचनाको आधारमा एक्साइज एवं नार्कोटिक्स विभागले राजधानी आइजोलका अलग-अलग क्षेत्रहरूमा अभियान चलाएर यो हेरोइन जफ्त गरेको हो। आइजोलको बाउंगकान क्षेत्रबाट म्यान्मारको ताहान निवासी एनगोलांगलाई २४८ ग्राम हेरोइनसितै पक्राउ गरिएको छ। यसको साथै आइजोलको जेमाबाक क्षेत्रमा आबकारी विभागले एउटा ट्रकबाट ५.८ किलोग्राम हेरोइन जफ्त गरेको छ। यस सम्बन्धमा असमको कछार जिल्ला निवासी चार व्यक्तिलाई पक्राउ गरिएको छ जसको पहिचान मोहम्मद नजीमुल हुसैन बरभुइयाँ (३४), अब्दुल कलाम लश्कर (२३), कुटबुल आलम लश्कर (२८) र सुकुर अली मजुमदार (२२)- को रूपमा भएको छ। -हिस