चक्रवाती तूफान: सौराष्ट्र र कच्छको लागि मौसम विभागद्वारा अरेञ्ज अलर्ट जारी

00-1-cyclonee_331

नयाँ दिल्ली: अरब सागरमा निर्मित चक्रवाती तूफान ‘बिपरजोय’-ले मौसम वैज्ञानिकहरूसितै गुजरात सरकारको लागि पनि चिन्ता बढ़ाइदिएको छ। आगामी ४८ घण्टाभित्रमा यो तूफान सौराष्ट्र अनि कच्छका तटहरूमा आएर ठोक्किनेछ। मौसम विज्ञान विभागले सौराष्ट्र औ कच्छका तटहरूको लागि चक्रवातको चेताउनी जारी गर्दै बताएअनुसार तूफान पोरबन्दरदेखि लगभग ३०० किमी, देवभूमि द्वारकादेखि २९० किमी दक्षिण, जखाऊ पोर्टदेखि ३४० किमी दक्षिण-दक्षिण-पश्चिम, नलियादेखि ३५० किमी दक्षिण दक्षिण पश्चिममा छ भने यो तीव्र गतीमा उत्तर दिशा तर्फ बढ़िरहेको छ। आगामी १५  जूनको साँझसम्ममा तूफानका छालहरू जखाऊ बन्दरगाह (गुजरात) नजिक पुग्नेछन्। मौसम विभाग अनुसार यो तूफान उग्र श्रेणीको छ।

यसबीच मंगलबार चक्रवाती तूफान बिपरजोयको प्रभाव गुजरातका तटहरूमा देखिन थालेको छ। समुद्री तटहरूमा उच्च-उच्च छालहरू उठ्न थालेका छन्। मौसम विभाग अनुसार गुजरातका कतिपय क्षेत्रहरूमा बुधवारदेखि तीव्र वर्षा हुने सम्भावना छ। १४-१५ जूनमा गुजरातका केही तटीय क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना छ। यस तूफानलाई लिएर प्रधानमन्त्री, गृहमन्त्री सहित कैयौं स्तरका बैठकहरू गरिँदैछ। तूफानको सामना गर्नको लागि स्थानीय प्रशासनले आवश्यक कदम उठाएको छ साथै यी क्षेत्रहरूमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानहरूमा स्थानान्तरण गरेको छ। -हिस  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement