सिलगढी: अखिल भारतीय तृणमूल शिक्षाबन्धु समितिले उत्तर बङ्गाल विश्वविद्यालयको एचआरडीसी विभागमा करारमा कर्मचारी नियुक्तिको विरुद्ध विश्वविद्यालयका रजिस्ट्रारलाई पत्र लेखेको छ।
उत्तर बङ्गाल विश्वविद्यालयको मानव संसाधन विकास केन्द्र विभागमा ६ जना करारमा कर्मचारी नियुक्त गरिने भएको छ। विश्वविद्यालयमा हाल ५ सय करार, अस्थायी र स्थायी कर्मचारी कार्यरत छन्। यस्तो अवस्थामा अखिल भारतीय तृणमूल शिक्षाबन्धु समितिका सदस्यहरूले मङ्गलबार दिउँसो विश्वविद्यालयका रजिस्ट्रार नुपुर दासलाई ज्ञापनपत्र बुझाएर नयाँ करारमा कार्यरत कर्मचारीलाई नियमितीकरणको कुनै समाधान नभएको विरुद्धमा ज्ञापनपत्र बुझाएका हुन्।