काठमाडौं: पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायांकन भइरहेको सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक भएको छ। सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक बासुदेवले ८ वर्षपछि कमव्याक गरेका हुन्। सिरियल घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गरेका हुन्। ट्रेलरमा सिरियलका प्रमुख पात्रहरुलाई स्थान दिइएको छ। ट्रेलरमा दुई गाउँबीचको प्रेम युद्धलाई प्रस्तुत गरिएको छ। ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता तारिफयोग्य यथार्थ परक फिल्म निर्देशन गरिसकेका निर्देशक लामिछानेले यसै सिरियलमार्फत निर्माणमा हात हालेका हुन्। सिरियलमा सुशील पोखरेल, प्रज्ञा जोशी, बासुदेव पोखरेल, तुलसी छेत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अबिराज बीसी, ममता अधिकारी, सरु शर्मा “दिया”, दिपेश लामिछाने, श्याम सुन्दर कार्की, कुमार गुरुङ, प्रान्जल, शिव बराल, राजकुमार गुरुङ, बाल कलाकार अक्षित अधिकारी, महिमा लामिछने लगायतका कलाकारको अभिनय छ। सिरियलमा सिद्वार्थ गौतमको छायांकन, जय गुरुङ र आशिष गुरुङको श्रृंगार, रोहन नेपालीको नृत्य छ। सिरियलको एक गीतमा नेत्र गुरुङको निर्देशन छ। सिरियलको शिर्ष गितमा किशोर सुवेदीको संगीत र अर्को गीतमा अराज केशबको शब्द संगीत र दिलिप श्रेष्ठको स्वर रहेको छ।