भागोप्रमोद्वारा पञ्चायत चुनावको लागि नामांकन पत्र बुझाउने कार्य सम्पन्न

IMG-20230613-WA0244.jpg

भागोप्रमोले पञ्चायत चुनावमा सबै सिटहरूमा प्रार्थीहरू दिनेछ: अनित थापा

खरसाङ: पञ्चायत चुनावको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा आज खरसाङमा नामांकन पत्र बुझाउने कार्य सम्पन्न गरिएको छ। खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटा ग्राम पञ्चायतहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले उम्मेद्वारहरू दिन्दै नामांकन पत्र बुझाएका छन्। खरसाङ खण्डको १४ वटा ग्राम पञ्चायतहरूमा ग्राम पञ्चायत सदस्यहरू र पञ्चायत समितिको लागि नामांकन पत्र खरसाङ खण्ड विकास कार्यालयमा बुझाउने कार्य सम्पन्न गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आज नामांकन पत्र बुझाउन अघि मोटर स्ट्याण्डमा भेला भएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् अनित थापाको अगुवाईमा समर्थकहरू र प्रार्थीहरूका साथमा रैली निकालेर खरसाङ खण्ड विकास कार्यालयसम्म पैदल नै पुगेर नामांकन पत्र बुझाउने कार्य सम्पन्न गरिएको छ। ग्राम पञ्चायत सदस्य र पञ्चायत समितिको लागि चुनावमा प्रतिद्वान्दिता गरेका प्रार्थीहरूका साथमा पार्टी अध्यक्ष अनित थापाले नै अगुवाई गर्दै खरसाङ खण्ड विकास कार्यालयमा पुगेर नामांकन पत्र बुझाउने कार्य सम्पन्न गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरूले नामांकन पत्र बुझाउने कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले धेरै वर्षपछि पहाड़मा पञ्चायत चुनाव भईरहेकोले आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले नामांकन पत्र भरिरहेका छन् भने चुनावमा गाउँवासीहरुले नै प्रार्थीहरू रोजेका छन् भनी बताए। उनले यसपालीको पञ्चायत चुनावमा युवाहरूका सहभागिता बेसी देखिएको कारणले यो राजनीतिमा राम्रो संकेत हो र पहाड़को राजनीतिमा नयाँ शुरुवात भएको छ भनी बताएका छन्। भागोप्रमो पार्टीको केन्द्रीय अध्यक्ष अनित थापाले पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर दिन्दै भने, ‘आज भागोप्रमोबाट कतिजनाले नामांकन पत्र भरे त्यो स्पष्ट रूपमा याद भएन तर आज धेरै आएका छन् र कतिले भोलि अनि १५ जूनसम्म नामांकन पत्र बुझाउनेछन्।’

थापाले गठबन्धन विषयमा बोल्दै यो गठबन्धन केवल भागोप्रमोलाई जित्नुक लागि मात्रै गरेको हो, गठबन्धन गर्नु भनेको आफ्नो राजनैतिक पार्टी एक्लैले जित्नु सक्दैन भनेर साथै एक्लै सक्षम छैन भनेर अनि एक्लैको क्षमता छैन भनी यस्तो गठबन्धन गरिएको बताएका छन्। उनले अझ भने, हामी भागोप्रमो पार्टीले शुरुदेखि नै आफ्नै संघर्ष र आफ्नै खुट्टामा उँभिएर लड़ेको छ। हामी आफ्नै पार्टीमाथि कन्फिडेन्ट छौं। हामी सबै सिटहरूमा प्रार्थीहरू उठाईरहेका छौं। हो सरकारसित मिलेर काम गर्छौं। कुनै झगड़ा गर्दैनौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement