मङपु: दार्जिलिङ पहाड क्षेत्रमा पनि लगभग २२ वर्षपछि आगामी ८ जुलाईको दिन सम्पन्न हुने पञ्चायत चुनाउको लागि हाल विभिन्न राजनीतिक पार्टीका तथा निर्दलीय उम्मेद्वारहरूले नामाङ्कन पत्र बुझाइ रहेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मपु लाब्दा समष्टिको पञ्चायत चुनाउको लागि आज पहिलो चरणको टिकट वितरण गरियो।आज लाब्दा ग्राम पञ्चयतका आठ जना प्रार्थी अनि रोङचोङ ग्राम पञ्चायतका छ जना प्रार्थीलाई क्षेत्रीय सभासद रतन कुमार थापाको बहुलीबाट टिकट वितरण गरियो। यसैगरी, पञ्चायत समितिको रोङचोङ ग्राम पञ्चायतका दुई जना उम्मेदवार साथै लाब्दा ग्राम पञ्चायतका एकजना उम्मेदवारलाई पनि टिकट वितरण गरियो। पार्टी सूत्रले दिएको जानकारी अनुसार यी उम्मेदवारहरूले आज नै तदाह खण्ड विकास कार्यालयमा गएर नामाङ्कन पत्र बुझाएका छन्।